स्थानीय बाली परियोजना-घनपोखरा, लमजुङ

Author: Rita Gurung

Year: 2017

लमजुङ जिल्लाको साबिकको घनपोखरा गा.वि.स.मा यो कार्यक्रम वि.सं. २०७०/२०७१ देखि सञ्चालित छ । हालै भएको राज्य पुनसंरचना अनुसार साबिकको घनपोखरा गा.वि.स. अहिलेको मस्र्याङ्दी गाउँपालिकाको वडा नं १ र २ मा पर्दछ । परियोजनाको साइट अफिस भाँचे, घनपोखरा वडा नं. २ मा रहेको छ । समुद्री सतह बाट ८५० मि. देखि २१७५ मि. सम्म फैलिएको यस घनपोखरा गा.वि.स.को कुल क्षेत्रफल ५६.४ वर्ग किलोमिटर रहेको छ भने कुल क्षेत्रफलको २०% जमिन खेतीयोग्य छ भने ८०% वनजङ्गल तथा चरन क्षेत्रले ओगटेको छ । न्यूनतम १५ डिग्रीदेखि अधिकतम २७ डिग्री औसत तापक्रम हुने यस क्षेत्रमा औसतमा १८२५ मिलिमिटर वर्षा हुने गर्दछ ।