स्थानीय बाली परियोजना-हांकु, जुम्ला

Author: Subash Gautam

Year: 2017

जुम्ला जिल्लाको साबिकको हांकु गा.वि.स.मा यो कार्यक्रम वि.सं. २०७०÷२०७१ देखि सञ्चालित छ । हालै भएको राज्य पुनसंरचना अनुसार साबिकको हांकु गा.वि.स. अहिलेको तातोपानी गाउँपालिकाको वडा नं ४ मा पर्दछ । परियोजनाको साइट÷फिल्ड अफिस हांकु, वडा नं. ४ मा रहेको छ । यो जिल्ला सदरमुकाम खलङ्गा बजारदेखि ८ किलोमिटर दक्षिण–पश्चिममा रहेको छ । समुद्री सतहबाट २००० मिटरदेखि ४६०० मिटरसम्म फैलेको यस हांकुु, गाउँको कुल क्षेत्रफल १९९.४ वर्ग किलोमिटर रहेको छ । कुल क्षेत्रफल को ४०% जमिन खेतियोग्य छ भने ६०% वनजङ्गलले ओगटेको छ । न्यूनतम १२ डिग्रीदेखि अधिकतम ३० डिग्री औसत तापक्रम रहेको पाइन्छ भने जाडो महिनामा यस क्षेत्रमा औसत २००० मिलिमिटर वर्षा हुने गर्दछ ।