स्थानीय बाली परियोजना-छिप्रा, हुम्ला

Author: Saroj Panta

Year: 2018

हुम्ला जिल्लाको साविकको छिप्रा गा.वि.स.मा यो कार्यक्रम वि.सं. २०७०/२०७१ देखि सञ्चालित छ । हालै भएको राज्य पुर्नसंरचना अनुसार साविकको छिप्रा गा.वि.स. अहिलेको खार्पुनाथ गाउँपालिकाको वडा नं ४ मा पर्दछ । परियोजनाको साइट÷फिल्ड अफिस छिप्रा वडा नं ४ मा रहेको छ । यो जिल्ला सदरमुकाम सिमीकोट बजारदेखि १२ किलोमिटर उत्तर–पूर्वमा रहेको छ । समुद्री सतहबाट २००० मिटरदेखि ४८०० मिटरसम्म फैलिएको यस, छिप्रा गाउँको कुल क्षेत्रफल ३३.४२ वर्ग किलोमिटर रहेको छ । कुल क्षेत्रफलको २५% जमिन खेतीयोग्य छ भने ७५% वनजङ्गलले ओगटेको छ । न्युनतम –२८ डिग्रीदेखि अधिकतम २५ डिग्री औसत तापक्रम हुने यस क्षेत्रमा औसत ६८.३ मिलिमिटर वर्षा हुने गर्दछ ।