रामेछाप हरियो लट्टः परिचय र उत्पादन प्रविधी
Authors: Rajeev Dhakal, Ritesh Yadav, Sajal Ratna Sthapit, Sandesh Neupane, Indra Paudel and Rita Gurung
Year: 2018
लट्टेबाली संसारमा पाइने विभिन्न पुराना बालीहरुमध्ये एक हो र परापुर्व कालदेखिनै खेति र प्रयोग हुदै आएको पाइन्छ । रैथाने बाली भएकै कारणले नेपालका विभिन्न ठाउँमा यसलाई विभिन्न नामबाट चिनिएको र फरक–फरक रुपमा प्रयोगमा ल्याइएको पाइन्छ । तराई तथा भित्री मधेशमा यसलाई ‘रामदाना’ भनिन्छ भने पहाडी क्षेत्रमा ‘लट्टे’, उच्च पहाड र विशेष गरी कर्णाली एवं सोभन्दा पश्चिमका क्षेत्रमा ‘मार्से’ तथा सुदूर पश्चिमतिर यसलाई ‘चौलाई’ भन्ने गरिन्छ । उच्च पहाडका जिल्लाहरुमा लट्टेलाई खाद्यान्नका रुपमा प्रयोग गरिने भए पनि
तराई तथा मध्यपहाडका जिल्लाहरुमा सागका रुपमा खाने चलन छ । तराईदेखि ३५०० मिटरको उचाइसम्मको हावापानीमा खेती गर्न सकिने यो बाली नेपालका घरबगैंचामा परापूर्वकालदेखि नै सजिलै पाइने गरेको छ । यसलाई चैत्रमा लगाइ वैशाखदेखि असारसम्म सागका रुपमा प्रयोग गर्न सकिन्छ । अरु सागहरु जति महङ्खव नदिइए तापनि यसमा विभिन्न पोषण तङ्खव विशेष गरी खनिज तङ्खव (फलाम, क्याल्सियम, म्याग्नेसियम) प्रचुर मात्रामा पाइन्छ । वैशाखदेखि जेठ महिनामा शहरी क्षेत्रमा छिटपुट रुपमा साग बिक्रीका लागि राखिने गरेको पाइन्छ । यस बालीको व्यवसायिक खेती भने त्यति प्रचलनमा नहुनाको साथै यसको औंपचारिक रुपमा अनुसन्धान पनि अत्यन्त कम छ ।