सामुदायिक बीउ बैंकसम्बन्धी दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठीः प्रतिवेदन, सुझाउ र कार्ययोजना (Workshop Recommendation and Action Plan)
Authors: Pitambar Shrestha, Bal Krishna Joshi, Krishna Hari Ghimire, Devendra Gauchan
Year: 2018
जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), नेपाल कृषि अनुसन्धान परिषद र बायोभर्सिटि ईन्टरनेशनलको संयुक्त आयोजनामा वि.सं. २०७५ वैशाख २०, २१ र २२ गते ललितपुरमा सामुदायिक बीउ बैंकसम्बन्धी दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको थियो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जि.सी., नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. वैद्यनाथ महतो, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख, कृषि विभागअन्तर्गत बाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक, राष्ट्रिय जीन बैंकका प्रमुख, बायोभर्सिटी ईन्टरनेशलनका नीति विश्लेषक, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपालका विभिन्न भौगोलिक स्थानहरुमा स्थापना भएका सामुदायिक बीउ बैंकका प्रमुख तथा प्रतिनिधहरु सहित ६२ जनाको उपस्थिति रहेको उक्त कार्यशाला गोष्ठीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र मातहतका निकायहरु, नेपाल कृषि अनुसन्धान परिषद् र यस विषयमा काम गर्ने तथा सरोकार राख्ने अन्य सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले कार्यान्वयन गर्ने गरी नेपालमा सामुदायिक बीउ बैंकसम्बन्धी कार्यलाई अझ परिष्कृत, परिमार्जित, एकत्रित र प्रभावकारी रुपमा अघि बढाउनका लागि गोष्ठीका सहभागिहरुका तर्फबाट याे प्रतिवेदन, सुझाउ र कार्ययोजना (Workshop Recommendation and Action Plan) तयार पारीएकाे हो ।