जातीय मिश्रित खेतीप्रणाली र यसका फाइदाहरू (जानकारी पत्र)

Author: Bal Krishna Joshi, Devendra Gauchan, Bhuwon Ratna Sthapit, Rita Gurung and Subash Gautam

Year: 2018

मिश्रित खेतीप्रणाली नेपालमा परापूर्वकालदेखि चल्दै आएको कृषि प्रणाली हो । साधारणतया मिश्रित खेती गर्दा विभिन्न बालीहरू जस्तैः मकै , बोडी र फर्सी लगाउने गरीन्छ । एउटै बालीभित्र पनि विभिन्न जातहरू जस्तैः गहुँका जातहरू मिसाएर लगाउने परमपरागत चलन छ । मुख्यतया एकभन्दा बढी बाली वा जातहरू मिसाएर लगाउने प्रणालीलाई मिश्रित खेतीप्रणाली भनिन्छ । यो दुई किसिमको हुन्छः १. मिश्रित बालीप्रणाली र २. जातीय मिश्रण ।