स्थानीय बाली परियोजना-जुंगू, दोलखा

Author: Niranjan Pudasaini

Year: 2017

दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका वार्ड १ र २ (साबिकको जुंगू गा.वि.स.) मा यो परियोजना वि.स. २०७०–७१ देखि सञ्चालनमा रहेको छ । समुद्री सतहबाट ९५० मि देखि ३००० मि सम्म फैलेको यस जुंगू गाउँको कुल क्षेत्रफल ३३ वर्ग किलोमिटर रहेको छ । कुल क्षेत्रफल को ४०% जमिन खेतीयोग्य छ भने ६०% वनजङ्गलले ओगटेको छ । न्यूनतम ३ डिग्रीदेखि अधिकतम २२ डिग्री औसत तापक्रम हुने यस क्षेत्रमा औसत २००० मिलिमिटर वर्षा हुने गर्दछ परियोजनाको साइट÷फिल्ड अफिस, जुंगू वडा नं. २ मा रहेको छ ।