
कृषि प्रणालीले प्रदान गर्ने पारिस्थितीकीय सेवाहरू
Authors: Rita Gurung, Niranjan Pudasaini
Year: 2019
कृषि पारिस्थितिक प्रणाली भन्नाले मानवजातिले गर्ने सम्पूर्ण कृषिजन्य क्रियाकलापहरुका साथै कृषि गरिने भू–भाग वरिपरिको समग्र वातावरण, वनजङ्गल, हावा–पानी, माटो र त्यसमा रहेका जैविक तथा अजैविक तत्वहरूबीच हुने क्रियाशील अन्तरक्रियाहरूलाई बुझ्नुपर्दछ । यसै कृषि प्रणालीबाट उत्पादित हुने मानवजगतलाई फाइदा पुर्याउने सेवाहरूलाई नै कृषि पारिस्थितिकीय सेवा भनिन्छ । कृषि जैविक विविधताको उचित व्यवस्थापन र उपयोगसँगै यी सेवाहरू पनि बृद्धि हुने गर्दछन् ।