मादले काँक्रोः परिचय र उत्पादन प्रविधि
Authors: Pradip Thapa, Santosh Shrestha, Krishna Hari Ghimire, Niranjan Pudasaini, Devendra Gauchan
Year: 2022
Description: नेपालमा तराइदेखि उच्च पहाडसम्म परापूर्ब कालदेखिनै विभिन्न जातका काँक्राको खेती गरिदै आएको पाइन्छ । काँक्रो तराईमा माघ–फागुनमा, मध्य पहाडमा फागुन–चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाख–जेठसम्म काँक्रो रोपने गरिन्छ । राम्रो उत्पादनको लागि न्यानो तथा गर्मी हावापानी आवश्यक पर्ने तर यस बालीले अत्याधिक चिसो र तुसारो भने सहन सक्दैन । सलाद, अचार, तरकारी लगायत अन्य प्रयोजनका लागि समेत प्रयोग गरिने काँक्रोमा विभिन्न खालका पौष्टिक पदार्थ पाइने गर्दछ । लगभग ९६% पानीको मात्रा हुने ताजा काँक्रोमा भिटामिन ए, के. र पोटासियमको राम्रो स्रोतका रुपमा लिने गरिन्छ । यसका साथै काँक्रोमा विशेषगरि पौयनसेट, कुशले, भक्तपुर लोकल जस्ता उन्नत जात र निन्जा, प्रिया, बेलीन, मालिन जस्ता बर्णशंकर जातका साथसाथै थुप्रै स्थानीय जातहरुको समेत खेती गरेको पाइन्छ ।
यस पुस्तिकामा मादले काँक्रोको परिचय र उत्पादन विधिका बारेमा प्रष्ट पार्न खोजिएको छ ।